मकवानपुरको पनि तीनवटा एनसेल टावरमा आगजनी

हेटौँडा – मकवानपुरको तीन वटा एनसेल टावरमा आगजनी भएको छ । गएराती त्तउत्तरी मकवानपुरको थाहा नगरपालिका वडा गुफाडाँडा, आग्रको चिसापानी डाँडा तथा थाहा नगरपालिकाकै शिखरकोटमा रहेको टावरमा आगजनी गरिएको हो । विप्लव नेतृत्वको नेकपाको बन्द सकिएको केहि समयमानै आगजनी भएको प्रहरीले जनाएको छ । आगजनी विप्लवका कार्यकर्ताहरुले गरेको हुनसक्ने बताईएको छ । एनसेल विरुद्ध देशब्यापी रुपमा शसक्त आन्दोलन गर्दै आएको विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने प्रहरीको भनाई रहेको छ । टावरमा आगजनी भएपछि एनसेलका प्राविधिकहरु क्षति बारे बझनको लागि घटनास्थलमा गईसकेका छन् । आगजनी भएको देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*