हेटौँडाकी चेली सन्ध्यालाई ‘छमछमी’ को विजेता बनाउन यसरी भोट गरौँ

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी सन्ध्या आचार्य नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट १२ मा पुग्न सफल भएकी छिन् । हेटौँडामा लामो समयदेखि सञ्चालनमा रहेको सृजना कला केन्द्रमा नृत्य प्रशिक्षण लिँदै गरेकी सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट १२ मा स्थान सुरक्षित गरेकी हुन् । उत्कृष्ट १२ मा पुगेकी उनले छमछमीको यो सिजन जित्ने ठूलो सम्भावना समेत छ । यही साउन १८ गते राति ९ः३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने छमछमीको नयाँ एपिसोडदेखि उनलाई भोट गर्न सकिन्छ । प्रस्तुति पश्चात भोटिङ सुरु हुने भएकोले सन्ध्याले सामाजिक सञ्जाल मार्फत आफु उत्कृष्ट १२ मा पुग्न सफल भएको र साउन १८ गते राति १० बजेपछि सुरु हुने भोटिङमा सर्वाधिक भोट गरिदिनका लागि आग्रह गरेकी छिन् । उनलाई भोट गर्न म्यासेज बक्समा cc08  टाईप गरी 31009 मा पठाउनुपर्ने छ ।

‘सन्ध्या–बहुमुखी प्रतिभाकी धनी’

सन्ध्या नृत्यमा जति अब्ब्ल छिन् त्यति नै खेलकुदमा पनि सक्रिय छिन् । बुवा विष्णुप्रसाद आचार्य र आमा आसादेवी आचार्यका जेठी छोरीका रुपमा जन्मिएकी सन्ध्याकी एक बहिनी पनि छिन् । आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्नुका साथै विभिन्न व्यवसायिक विज्ञापनहरुमा समेत अभिनय गरेकी सन्ध्या विज्ञानकी विद्यार्थी पनि हुन् । उनी हेटौँडा २ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसमा बि.एस.सी. तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गर्दै आएको धेरै नृत्य प्रतियोगितामा प्रथम हुन सफल भएकी छिन् । उनी शिक्षक र विद्यार्थीमाझ पनि निकै लोकप्रिय छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*