गरुडले दियो पुनर्ताजगी तालिम

हेटौंडा – नेपालको अग्रणी सुरक्षा प्रदायक संस्था गरुड सेक्युरिटिज प्रालिले आफ्ना  सुरक्षाकर्मीहरुलाई हेटौंडामा तालिम दिएको छ । चालु आबलाई ‘तालिम बर्ष’ घोषणा  गर्दै गरुड सेक्युरिटिज प्रालिले आफ्ना सुरक्षाकर्मीहरुलाई अनिवार्यरुपमा  पुनर्ताजगी तालिम प्रदान गराउने लक्ष्य अनुरुप शुक्रवार तालिम दिइएको हो । गरुड तालिम केन्द्रबाट आएका प्रमुख प्रशिक्षक नबराज बस्नेतले युनिलिभर नेपाल बसामाडीमा तैनाथ रहेका ३० जना सुरक्षागार्डलाई सुरक्षा चुनौती, आगलागी भएको सम्बन्धमा अपनाउनु पर्ने बिधि लगाएत  सुरक्षा सम्बन्धि अपनाउनु पर्ने तरिकाहरुको बारेमा तालिम प्रदान गरिएको थियो ।

तालिमको सिलसिलामा गरुड तालिम केन्द्रबाट अबलोकनको लागि आउनु भएको जनरल मेनेजर माधब बस्नेत तथा नेसनल म्यानेजर जितेन्द्र बस्नेतले हालको बदलिँदो  परिस्थितिमा सुरक्षाकर्मिहरुले सुरक्षा चुनौती आई परेको खण्डमा त्यसलाई के कसरी समाधान गर्ने भन्ने बिषयमा आफ्नो धारणा राख्नु भएको थियो । सबै सुरक्षाकर्मिहरुले आफ्नो पेशा प्रति दत्तचित्त भएर ईमान्दार एवम बफादारीको साथ सुरक्षा सेवामा लाग्नु पर्ने बताउनुभयो । त्यस्तै शनिवार बिहान विभिन्न वित्तीय संस्था तथा उधोगहरुमा तैनाथ रहेका २५ जना सुरक्षकर्मी साथै एसियन पेन्ट हेटौडा औधोगिक क्षेत्रमा तैनाथ रहेका २३ जनालाई तालिम प्रदान गरिएको थियो । तालिममा सहभागि हुन नसकेका सुरक्षाकर्मीलाई समय र अनुकुल मिलाएर यसै महिना भित्र ब्रान्च अफिस हेटौडामा तालिम प्रदान गराउने योजना रहेको गरुड सेक्युरिटीज हेटौडाका कार्यवाहक ब्रान्च मेनेजर जनक कुमार डंगोलले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*