हेटौंडाका अधिकृत अमात्य घुस रकमसहित पक्राउ

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान अयोग हेटौंडाले जनाएको छ । आयोगका अनुसार अधिकृत अमात्यलाई आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा हेटौंडा स्थित कार्यालय पुगेको प्रहरी नायब निरीक्षकको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी देवराज राईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*