भाषणले मात्रै समृद्धि आउँदैन – मुख्यमन्त्री पौडेल
मकवानपुर । ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यशैली परिवर्तन नभएसम्म देशमा समृद्धि नआउने बताउनु भएको छ । मुख्यमन्त्री पौडेलले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग अन्तरक्रिया र सुझाव संकलन कार्यक्ममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो , भाषणले मात्रै समृद्धि आउँछ भन्ने परिकल्पना नगर्दा हुन्छ, पौडेलले भन्नुभयो, त्यसैले समृद्धिको लागि आधारपत्र तयार गरिसकेका छौँ केही समयभित्रै ३ नम्बर प्रदेश रूपान्तरणमा जान्छ,।
उहाँले भन्नुभयो हामीले अरुको भन्दा केही फरक आधारहरु राखेका छौँ,। सबैभन्दा महत्त्वपूर्ण कृषि उत्पादनमा जोड दिएर केही वर्षपछि कृषि सामग्रीहरू निर्यात गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । माछा, मासु, अण्डामा आत्मनिर्भर बन्न र सामूहिक खेतीमा प्रदेश सरकारको जोड रहेको छ ।
























