स्थापना दिवसमा बाढीपीडितलाई खाद्यान्न सहयोग
भीमफेदी । भीमफेदी गाउँपालिका ५ का बाढीपीडितहरुलाई नेपाल महिला संघको ७२ औं स्थापना दिवसको अवसरमा शुक्रबार खाद्यान्न सामाग्री वितरण गरीएको छ । खाद्यान्न वितरण महिला संघ मकवानपुरकी सभापति लक्ष्मी श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्द प्रमुख अतिथि डिनाले महिला संघले ७२ औं स्थापना दिवसको अबसरमा कोठामा बसेर कार्यक्रम गर्नुभन्दा बाढीपीडितको घाउँमा मल्हमपट्टी लगाउने सह्हानीय कार्य गरेकोमा धन्यवाद दिनुभयो । कांग्रेसले देशैभर विपतमा परेकाहरुलाई सहयोग गरिरहेको बताउँदै नेतृ डिनाले सरकारले केही नगरिरहेको अवस्थामा कांग्रेस मकवानपुर जिल्लाभर पीडितको घरदैलोमा पुगेर सहयोग गरिरहेको बताउनुभयो ।
























