मल्टिनेशनल कम्पनीलाई २ लाख जरिवाना
मकवानपुर- अखाद्य पेय पदार्थ उत्पादन गरेको भन्दै जिल्ला अदालत मकवानपुरले वरुण वेभरेजेरज नेपाल कम्पनि प्रा. लि. लाई २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका तत्कालिन जिल्ला अध्यक्ष एबम् बर्तमान केन्द्रीय सदस्य बासु खतिवडाले २०७४ सालको श्रावण ७ गते बहुराष्ट्रीय कम्पनि बरुण बेभरेजरेज नेपाल प्रा. लि. लाइ बिपक्षी बनाई जिल्ला अदालत मकवानपुरमा दायर भएको रिटमा श्रावण २९ गते जिल्ला न्यायाधिस सिता शर्मा अधिकारीको एकल इजलासले उक्त रिटमाथि फैसला सुनाउँदै यस्तो आदेश दिईएको हो ।
बरुण वेभरेजरज नेपाल प्रा.लि. द्धारा उत्पादित माउन्टेन डिउमा अखाद्य प्लास्टीक फेला परेपछि उपभोक्ता हित संरक्षणले यस्तो अखाद्य बस्तु उत्पादन गर्ने कम्पनि बिरुद्ध कारबाहिको माग राखेर उक्त अखाद्य बस्तु भेटिएको माउन्टेन डिउ सहित रिट दायर गरेको थियो । त्यसै रिटमाथि सुनुवाई गर्दै उपभोक्ता संरक्षण ऐन २०५४ को दफा १८ को उपदफा “ङ” अनरुप उक्त फैसला सुनाइएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले जानकारी दिए । उक्त कम्पनिले पेप्सी, डिउ,लगाएतका हल्का पेय पदार्थहरु उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ ।
























