लामिछानेको समर्थनमा हेटौँडामा र्याली

मकवानपुर । न्युज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रमको प्रस्तोता रवि लामिछानेलाई प्रहरी हिरासतमा लिइएको विरोधमा मकवानपुरको युवाहरुले र्याली निकालेका छन् । र्यालीमा सहभागीले यदि पत्रकार लामिछाने दोषी देखिए कारबाही होस्, अन्यथा दोषी नदेखिएमा विभिन्न बहानामा फसाउने कार्य नहोस् भन्दै सम्बन्धित निकायलाई सचेत गराउन ¥याली निकालिएको बताएका छन् ।

सहभागीले नेपालको राष्ट्रिय झण्डा सहित ‘आई एम विद रवि लामिछाने’ लेखिएको प्ले कार्डसहित र्यालीमा उत्रिएका थिए । हेटौंडाको हुप्रा चौरबाट सुरु भएको र्याली बुद्ध चोक सानो पोखरा हुँदै सीमा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*