हेटौंडा मोर्डनमा डेङ्गो सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा । पछिल्लो समयमा देखिएको डेङ्गोको सङ्क्रमण बाट कसरि बच्ने भन्ने बिषयमा हेटौंडा ९ स्थित हेटौडा मोर्डन इङलिस माध्यामिक बिद्यालयमा बिद्यार्थी र अभिभावकलाई सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।

हेटौडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा डेङगो र यसको लक्षणका बारेमा नर्सिङ संघ मकवानपुरकी उपाध्यक्ष गंगा दाहालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयकी साहायक प्रीन्सीपल श्रीमला नेपाल, बिद्यालयका मा. बि. शिक्षक देबिराम लामा लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष भण्डारीले हालसम्म वडाका ४ जानामा डेङ्गोको सङ्क्रमण भएको जानकारी दिँदै यसबाट बच्नका लागि सजक रहन र सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन बिद्यालयका प्रीन्सीपल दिनेश कुमार सुवेदीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*