२५ मिटरको विकल्पमा दुई ठुला सडकहरु बाईपास गरिने
मकवानपुर — हेटौंडामा २५ मिटर सडक बिस्तारको विकल्पमा दुई ठुला सडकहरु बाईपास गरिने भएको छ । यसका लागि प्रदेश नम्बर तिनको भौतिक पुर्वाधार मन्त्रालयले आथिक बर्ष ०७६ र ७७ मा हेटौंडा १ चौकिटोलबाट हेटौडा १० कर्रा खोला सम्मको सडकको स्तर उन्नति गर्ने भएको हो ।
संघिय सरकारले हेटौंडाका ठुला राजमार्गहरु पुर्ब पश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकको दायाँ बायाँ २५ मिटर भत्काउने निर्णय को चौतर्फी बिरोध भएपछि यसको विकल्पको रुपमा यस राजमार्गका रुपमा बिस्तार गर्न थालिएको हो । त्यसरी सडक बिस्तार हुदाँ हेटौडा बजारको अस्तीत्व नरहने र अर्बौको भौतिक संरचना ध्वस्त हुने भएपछि यस्तो हुन नदिनका लागी प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको सक्रीयतामा यो निती अबलम्बन गरिएको हो ।
मन्त्रालयले सडकलाई चौकिटोल देखि राप्ती पुल र राप्ती पुल देखि कर्रा सम्मको सडक गरि दुइ चरणमा बाइपास निर्माणको काम हुने जनाईएको छ ।
























