हेटौंडामा सिर्जनशील महिला उद्यमि मेला

हेटौँडा,५ भदौ ।
मकवानपुरको हेटौँडामा आजबाट सिर्जनशील महिला उद्यामी मेला सुरु भएको छ । प्रदेश नंबर तीन प्रमुख अनुराधा कोइरालाले मेलाको उद्घाटन गरेकी
हुन् । महिलाहरुको प्रयासले गरेको यस्ता कार्यक्रमहरुले महिलाको शसक्तिकरण तथा आर्थिक शसक्तिकरणमा महत्वपूर्ण भूमिका हुने बताईन्।
यस्ता मेलाले महिलाको सिप विकासमा समेत सहयोग गर्ने भन्दै उनले महिलालाई आत्मनिर्भर बनाउनको लागि महिलाहरुलाई स्वरोजगार बनाउने तालिमहरुको समेत ब्यवस्था गर्नुपर्ने बताईन् ।

महिला सिर्जनशील केन्द्र काठमाण्डौँ तथा मकवानपुर महिला उद्यमी ब्यवसायी संघको संयुक्त आयोजनामा हुने मेलामा ४० वटा स्टल रहने र त्यसमध्ये ३० वटा स्टलमा घरेलु उत्पादनलाई प्राथमिकता दिईएको आयोजक सस्थाकी अध्यक्ष तथा मेला संयोजक शुसिला पाण्डेले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*