सांसद रामनारायण बिडारीको राष्ट्रिय सभा बैठकमा अर्काे गर्जन
हेटौंडा/राष्ट्रिय सभा सदस्य राामनारायण बिडारीले फेरि गर्जीएका छन् । राष्ट्रिय सभाको बैठकमा बिहीवार सांसद विडारीले वर्तमान ठेक्का प्रणालीका बिषयमा तिब्र असन्तुष्टी जनाउँदै सुधारको माग गरेका छन् ।
उनले ठेक्का अगावै २५ प्रतिशत पेश्की दिने व्यवस्थाको पनि विरोध गरे। ‘पेटी ठेकेदार रातारात अर्बपति बन्ने। अर्बपति भएपछि चुनाव लड्न थाले। अनि जिन्दगीभर राजनीति गरेका राजनीतिक कार्यकर्ताको विरुद्धमा गुण्डा, सारा शक्ति, काला पैसा लगाएर त्यो सरकारी पैसा प्रयोग गरेर चुनावमा कैयौले जित्न पनि सफल भए’, उनले भने।
सांसद विडारीले अहिले संसदमा आएर, काला धनको बाढी बगाएर लोभी पापीलाई किनेर चुनाव जितेको नाटक गरेर संघीय संसददेखि प्रदेशसभा सम्म कुप्रभाव पार्ने, दुरुत्साहन गरेर हैकम जमाउने काम गर्न थालेको गुनासो गरे।
























