हेटौँडा मोर्डनद्वारा विज्ञान प्रदर्शनीको आयोजना
मकवानपुर, ६ भदौ । हेटौँडा ९ पशुपतिनगरमा अवस्थित हेटौँडा मोर्डन ईङ्गिलस् माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी प्रदर्शनीमा २४ वटा भन्दा बढी विज्ञान सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।
प्रदर्शनी अवलोकनकर्ता तथा निरिक्षकलाई विद्यार्थीहरुले आफुले बनाएका विज्ञान सामाग्रीका बारेमा जानकारी दिएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकृष्ण खतिवडा, विद्यालयका प्राचार्य दिनेशकुमार सुवेदी र सहायक प्रचार्य सिर्मला नेपालले निरिक्षण गर्नुभएको थियो ।
विज्ञान प्रदर्शनीमा कक्षा १० का समिर घिमिरे, रुविन श्रेष्ठ, सन्देश भुजेल, निश्चल लामा र कृष्ण दाहालको समूहद्वारा निर्मित रेसिङ कार प्रथम हुन सफल भएको थियो । त्यस्तै विनित खनाल, मल्लिका उप्रेती, शितल अर्याल, रोशनी लो, मिक्सन बल, रोजी भण्डारी, दिपिका र काजल खातीको समूह दोस्रो भएका थिए । कक्षा ९ का शाहिल डङ्गोल, सन्दिप श्रेष्ठ, रोहन शाही, सार्थक आचार्य, विशाल तिमिल्सना र अशिम ढुङ्गानाको समूहले बनाएको बोट तेस्रो भएको थियो ।
विद्यालयले कृष्णाअष्टमीको अवसर पारेर कक्षा नर्सरी देखि युकेजीका विद्यार्थीहरुबिच राधाकृष्ण छनौट कार्यक्रम समेत आयोजना समेत गरेको थियो । कार्यक्रमको मूल्यांकन सिर्मला नेपाल र दुर्गा कोईरालाले गर्नुभएको थियो । उत्कृष्ट राधाकृष्णको रुपमा कमल रायमाझी, रियाज त्रिपाठी, एन्सिका श्रेष्ठ र आँचल शाह छानिएका थिए ।
























