‘राष्ट्रको समृद्धिका लागि युवाहरु उत्पादनमा जोडिनुपर्छ’ :मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नम्बर तिनका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रको समृद्धीका लागि युवाहरु उत्पादनमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन आज देखि हेटौंडामा सुरु भएको छ । बस्तिपुर जेसीजको आयोजनामा सम्मेलन सुरु भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जेसीजका युवाहरुले भनेझै शासन व्यक्तिको नभई बिधिको हुनुपर्ने बताउनुभयो ।

अहिलेपनि हाम्रा सोच, बिचार, चिन्तन हिजकै भएको वताउँदै उहाँले भन्नुभयो–‘अव आफुले आफैलाई परिवर्तन गर्नुपर्ने वेला आएको छ । हामी संग सबै थोक हँदा हुँदै पनि किन परिवर्तन गर्न सकिएनत रु यसमा बिचार गरेर अव सबै नागरिक उत्पादन संग जोडिएमा मात्र समृद्धी संभव रहेको छ ।’ नेपानीहरु श्रम संग नजोडिएका कारण गरिव भएको मुख्यमन्त्री पौडेलले वताउनुभयो । हामी संग भएका श्रम र पुँजीलाई वजार सम्म ल्याउनुपर्ने उहाँले वताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर वानियाँले निजी क्षेत्रलाई अवसर दिएर अगाडी बढ्नुपर्ने वताउनुभयो । समृद्धी र विकासको यात्रामा आफुहरु पनि संग संगै रहेको वताउँदै उहाँले भन्नुभयो–‘विकासको काममा हामी संत्ता पक्ष जस्तै हौ । विकासमा सहयोग गर्न तयार छौ ।’ अव निजी क्षेत्रलाई समृद्धीको यात्रामा सगै लिएर हिड्नुपर्ने उहाँले वताउनुभयो । नेपाल जेसीजको क्षेत्र ‘ख’ का अध्यक्ष रमेश चन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष महेश पौडेल, कार्यक्रम निर्देशक गणेश भेटवाल, वस्तिपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार सुनिल खड्का र सामाजिक अभियानता इन्दीरा न्यौपानेलाई नगद रकम ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरिएको छ । अन्तर्रा्ष्ट्रिय संस्थाको रुपमा रहेको जेसीजले युवाको नेतृत्व, व्यक्तित्व एवम् भ्रातृत्व विकाससंगै सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छ । जेसीजमा लागेका युवाले आफ्नै खर्चमा संस्थाको विभिन्न गतिविधि गर्दै आएका छन् ।

मकवानपुरको साविक हाँडीखोला ९ र हाल मनहरी गाउँपालिका र बसामाडी क्षेत्रमा सामाजिक कार्य गर्ने एवम् त्यस क्षेत्रका युवाको नेतृत्व, व्यक्तित्व विकास गर्ने उद्धेश्यले सन् २०११ मा स्थापना भएको बस्तीपुर जेसीज हाँडीखोलाले स्थापनाको छोटो समयमै नेपाल जेसीजको विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको सम्मेलन निर्देशक गणेशप्रसाद भेटवालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*