हेटौंडा ९ मा वार्षिक बजेट समिक्षा कार्यक्रम सम्पन्न
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा वार्षिक बजेट समिक्षा कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ ले आज शनिवार आर्थीक बर्ष २०७५/०७६ को बार्षिक बजेट समिक्षा तथा आगामि आर्थिक वर्षको लागि स्विकृत कार्ययोजनाको बारेमा वडामा रहेका संघ सस्था र सरोकारवाला हरुको माझमा कार्यक्रम गरेको हो ।
९ नम्बर वडाका वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यता र हेटौडा उपमाहानगरपालिका का मेयर हरी वाहादुर महतको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै बिशिष्ट अथिति महतले नौ नम्बर वडा बिनीयोजित बजेट समयमा नै खर्च गर्न सफल भएकोमा बधाई दिदै कर्रा कोरिडोर नीर्माण गर्न उपमहानगरपालिका लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी रघुनाथ खुलालले सबै काममा सरकारको मुख हेरेर बस्नुभन्दा स्थानिय स्तरबाट सम्भब हुने काममा स्थानिय आफै लागेर बिकास कार्यमा सहभागि हुन अनुरोध गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष भण्डारी ले प्रगति प्रतिबेदन र आगामि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । यस बर्ष वडाले १ करोड ५० लाख को कुल बजेट प्राप्त गरेको जनाउँदै वडा अध्यक्ष भण्डारीले यसै आधारमा आगामि वर्षको लागि विभिन्न कामका लागि वजेट पारित भएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रगति मा. बि. का शिक्षकहरु निरञ्जन ढकाल, ज्योति न्यौपाने, मन्जु खनाल, श्री कृष्ण प्याकुरेल र प्रल्हाद सापकोटालाई परिक्षामा अत्याधिक बिद्यार्थीलाई सर्बोत्कृष्ट नतिजाका साथ उतिर्ण गराएको भन्दै सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघ तिन नम्बर प्रदेश अध्यक्ष प्रताप बिष्ट, हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष प्रकास पौडेल रेडियो नेपालका मकवानपुर संवाददाता विवश अधिकारी लगाएलको आतिथ्यता रहेको थियो ।
























