मकवानपुरमा कृषिउपज सङ्कलन केन्द्रको स्थापना
मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकामा चिस्यान केन्द्र ९कोल्ड स्टोर्स० सहितको कृषिउपज एवं तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ।
कृषकलाई आफ्नो उत्पादन भण्डारण तथा बिक्री वितरणमा सहज बनाउन गाउँपालिकाले सो केन्द्र स्थापना गरेको हो। गाउँपालिका, मर्सिकोर नेपाल, मकवानपुरस्थित बाल कल्याण समाज तथा स्थानीय जनश्रमदानसमेत गरी कूल रु २८ लाखको लागतमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ।
गाउँपालिकाको विभिन्न क्षेत्रका कृषिउपज सङ्कलन गरी बिक्री वितरणका लागि स्थापना गरिएको सो केन्द्रमा एक कोल्ड स्टोर, एक स्टोर हल र अर्को डिजिटल लाइब्रेरी सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।
भवन निर्माणका लागि बाल कल्याण समाजको सर्भे परियोजनाबाट रु १५ लाख, उक्त गाउँपालिकाबाट रु आठ लाख र जनश्रमबाट रु पाँच लाख गरी कूल रु २८ व्यहोरिएको हो।
























