प्रदेश ३ को प्रदेशसभा बैठकमा रवि लामिछाने सम्मको कुरा
हेटौंडा । दुई महिनापछी बसेको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सांसदहरुले बिशेष समयमा राजधानी, नामाकरण, बाढी, पहिरो पीडितका कुरा देखि रवि लामिछाने सम्मको कुरा राखेका छन् ।
दुई महिनापछी भएको प्रदेशसभा बैठकमा काग्रेश सांसद निमा लामाले प्रदेश सभा गठन भएको १८ महिना सम्म बितिसक्दा पनि प्रदेश राजधानी र नामाकरण गर्न नसकिएकोमा आपत्ति जनाउनुभयो । यतीका समय बित्दा पनि राजधानी र नामाकरण गर्न नसक्नुको कारण समेत माग गर्नुभयो ।
यसैगरी उहाँले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका मन्त्रीले सार्वजनिक रुपमा बोलेका कुरा कार्यान्वयनमा नआएको उहाँले वताउनुभयो । बोल्दै हिड्ने तर, कार्यान्वयन भने नगरेकोमा मुख्यमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सभाका सदस्य केशवराज पाण्डेले पत्रकार शालिकराम पुणासैनीको आत्म हत्या प्रकरणमा निस्पक्ष रुपमा छानविन हुनुपर्ने बताउनुभयो । पत्रकार रवि लामिछानेले प्रति लक्षित गर्दै उहाँले भन्नुभयो–‘पत्रकारजे बोलेपनि हुने, जे लेख्न पनि पाउने रु आत्महत्या प्रकरणमा निस्पक्ष छानविन हुनुपर्छ ।’
बैठकमा सहभागि भएर बिशेष समयमा बोलेका अधिकांश सांसदहरुले बाढी, पहिरो पीडितका लागि राहत उपलब्ध गराउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आफ्ना क्षेत्रमा भएको बाढी, पहिरोको पीडा पनि सांसदहरुले सुनाएका छन् । सांसद बालकुमारी मल्ल, सरस्वती वस्नेत, बिशाल खड्का लगायतका सांसदले बैठकमा बाढी, पहिरोको समस्याका बिषयमा आफ्ना कुरा राखेका थिए ।
























