विप्लवका जिल्ला सदस्य गौतमद्धारा पार्टी परित्याग

हेटौंडा -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको जिल्ला कमिटी सदस्य भिम प्रसाद गौतमले पार्टी परित्याग घोषणा गरेका छन् ।

मंगलबाार हेटौंडामा पत्रकार सम्मेलन गर्दै गौतमले विप्लव पार्टी परित्याग गरेको जानकारि दिए । नेपाल अटो इ रिक्सा व्यवसायी संघ हेटौंडाका अध्यक्ष रहेका गौतमले आगामी दिनमा पार्टीले गरेको कुनै पनि गतिविधीमा गुण र दोषको जिम्मा नलिने गरि विप्लव पार्टी परित्याग गरेको बताए ।

सरकारले प्रतिबन्ध लगाएको पार्टी भनेर पटक पटक आफुलाइ अनुसन्धानमा बोलाउँदा समस्या भइरहेको बताए । अनुसन्धानको लागि साउन १७ गते पक्राउ परेका गौतमलाई प्रहरीले भदौ ८ गते रिहा गरेको गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*