मकवानपुरमा बलात्कारको आरोपमा एक जना पक्राउ
हेटौँडा । मकवानपुरकी एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका १ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
























