हेटौँडामा बोलेरो भ्यानले अटोलाई ठक्कर दिँदा पाँचजना घाईते

हेटौँडा- मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा अटो तथा मालबाहक बोलेरो भ्यान दुर्घटनामा परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ थानाभर्याङ स्थित पुर्व पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा अटोमा सबार पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना२ च ५४७२नम्बरको हेटौंडा बजारबाट नवलपुर तर्फ जाँदै गरेको ना १ ह ९६५६ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएकाहरुको हाल चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*