आज एकै दिन हेटौँडामा दुई दुर्घटना, तिन घाईते

हेटौँडा – आज एकै दिन हेटौँडामा दुई दुर्घटना भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १ चौकिटोल ओरालोमा स्कुटर दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन् ।

यस्तै हेटौँडा उपमहानगरपालिका वड नंबर–११ नवलपुरमा मोटरसाईकल र स्कुटर एक आपसमा ठोक्कीदा अर्का एकजना घाईते भएका छन् ।

चौकिटोलबाट पिपलबोट क्षेत्रमा आईरहदा ना ४१ प ३००४ नंबरको स्कुटर अनियन्त्रीत भै दुर्घटना हुँदा स्कुटर चालक २४ वर्षका जयराम हुँमगाई तथा उनका आमा ५० वर्षकी चर्तुभुजी हुमगाई गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाईतेहरुको थप उपचारको लागि भरतपुर लगिएको प्रहरीको भनाई रहेको छ ।

यस्तै आजै विहान हेटौँडा उपमहानगरपालिका वड नंबर–११ नवलपुरमा मोटरसाईकल र स्कुटर एक आपसमा ठोक्कीदा एकजना घाईते भएका छन् ।

ना ४९ प ५२९२ नम्बर मोटरसाईकल र ना ६२ प २४८९ नम्वरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाईते भएका हुन् ।

दुर्घटनामा परि ५३ वर्षीय उत्तम प्रसाद सुवेदी घाईते भएको र उनको चुरेहील अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*