हेटौँडामा दुईजना साहित्यकारहरु सम्मानित

हेटौँडा । मकवानपुरको हेटौँडामा आज दुईजना साहित्यकारहरु सम्मानित भएका छन् । साहित्य संगम मकवानपुरले साहित्यकारहरु देवराज तिवारी र पुरुषोत्तम आचार्यलाई सम्मान गरेको हो ।

आज भएको कार्यक्रममा साहित्यिकार तिवारीलाई सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार–२०७६ र आचार्यलाई भेषनाथ अधिकारी स्मृति साहित्य पुरस्कार–२०७६ प्रदान गरिएको छ । संगमको २८७ औं नियमित साहित्य सन्ध्यामा नगदसहित साहित्यकारद्वयलाई पुरस्कारमार्फत् सम्मान गरिएको हो ।

नगद १० हजार सहितको सुभद्रादेवी सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक मुडभरी ९ मित्र० ले मातापिताको स्मृतिमा २०७५ मा स्थापना गरेका हुन् ।

यस्तै १० हजार राषिकै भेषनाथ अधिकारी स्मृति साहित्य पुरस्कार साहित्यकार विशाल अधिकारी ९आशुषोष० ले पिताको स्मृतिमा २०७५ सालमा स्थापना गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तुल्सी थापाले सम्मानपत्र प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*