हेटौंडा अस्पतालमा मन्त्री दुलालले गरे छड्के निरीक्षण
हेटौंडा । प्रदेश नम्बर ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले हेटौंडा अस्पतालको छड्के निरीक्षण गर्नु भएको छ । अस्पतालमा बिरामीले पाईरहेको स्वास्थ्य सेवा, परेका समस्या र अव गर्नुपर्ने कामका बिषयमा निरीक्षण गर्नुभएको हो । हिजो साँझ एक घण्टा सम्म अस्पतालको निरीक्षण गर्नुभएको हो ।
पहिलेको तुलनामा अस्पतालमा निकै सुधार आएको वताउँदै मन्त्री दुलालले भन्नुभयो–‘हेटौंडा अस्पताल अहिले प्रबिधि युक्त भएको छ । प्रबिधिका कारणले बिरामीको रिपोर्ट आफ्नै मोवाइलमा आउने देखिबाट स्वास्थ्य उपचारमा पनि सुधार भएको मैले पाएँ ।’
अस्पतालमा पुगेर मन्त्री दुलालले आकस्मीक कक्ष, ओपिडी सेवा, भर्ना भएका बिरामी, अप्रेसन कक्ष सबैतिर निरीक्षण गर्नुभयो । कम्प्युटर सिस्टमबाट टिकट काट्ने, बिरामीको ल्यावको रिपोर्ट आफैनै इमलेलमा आउने जस्ता सहजताले अस्पताल सुधार हुँदै आएको मन्त्री दुलालले बताउनुभयो । अहिले हरेक बिरामीका बेढमा अक्सीजनको पाइप पुगेकाले थप सहजता भएको छ ।
























