चुरियामाई माविमा छात्रवृत्ति वितरण तथा वक्तृत्वकला कार्यक्रम सम्पन्न

हेटौंडा, २९ भदौ । हेटौँडा उपमहानरपालिका वडा नम्बर १५ शिखरपानीमा अवस्थित श्री चुरियामाई माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण तथा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा आईतबार कार्यक्रम भएको हो । नेपाल तामाङ समाज जापान किताकान्तो क्षेत्रिय समितिको सहयोगमा १९ जना गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । स्टेशनरी, ब्याग तथा विद्यालय सहयोग रकम सहित १ लाख ५० हजार ४ सय ४९ रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

त्यस्तै नारी सिप श्रृजना केन्द्रको सहयोगमा मावि तह तथा चुरियामाई सामुदायिक सिकाई केन्द्रको सहयोगमा आधारभूत तहमा ‘मानव बेचबिखनमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला कार्यक्रम समेत सम्पन्न भएको छ । मावितर्फ भएको वक्तृत्वकला कार्यक्रममा मुना गोले प्रथम भएकी छिन् । त्यस्तै सरिता थोकर दोस्रो र सविना घलान तेस्रो भएकी छिन् । आधारभूत तहतर्फ कल्बिना थिङ प्रथम, निमा थिङ दोस्रो र अञ्जली भोम्जन तेस्रो भएका छन् ।

शिक्षक अभिभावक संघका अध्यक्ष विरोध थिङको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरकार्यपालिका सदस्य पातली थिङ, नारी सिप श्रृजना केन्द्रकी उपाध्यक्ष एवम् जिल्ला समन्वय समिति सदस्य सीता अधिकारी र नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा निर्माण समिति अध्यक्ष कुमार गोले, खानेपानी तथा सरसफाई स्वस्छता समन्वय समिति अध्यक्ष धनबहादुर पाख्रिन, महिला जनशक्ति बचत तथा ऋण सहकारी सहकारीका अध्यक्ष जुना दंगाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालयका प्रअ विष्णु परियारले संचालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*