२ हजार ६ सय भूमिहीन लाभग्राहीलाई घर निर्माणको स्वीकृती

हेटौँडा । मकवानपुर जिल्लामा २ हजार ६ सय ३९ जना भूमिहीन लाभग्राहीलाई घर पुनर्निर्माणको स्वीकृती प्रदान गरिएको छ। विस २०७२ सालको भूकम्पबाट प्रभावित मकवानपुरका लाभग्राहीलाई साविककै स्थानमा घर बनाउने स्वीकृती प्रदान गरिएको हो।

जिल्ला समन्वय समिति मकवानपुरको पहलमा दुई चरणमा गरि मकवानपुर जिल्लामा २ हजार ६ सय ३९ जना भूमिहीन लाभग्राहीलाई घर पुनर्निर्माणको स्वीकृती प्रदान भएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत गठित जिल्ला समन्वय समिति मकवानपुरका संयोजक तथा प्रतिनिधि सभा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको संयोजकत्वमा बसेको बैठकले जिल्लाका ९ सय ७३ भूमिहीन लाभग्राहीलाई सोही स्थानमा घर बनाउने स्वीकृती प्रदान गरिएको हो।

यसअघिको बैठकले मकवानपुर जिल्लामा १ हजार ६ सय ६६ जनालाई घर पुनर्निर्माणको स्वीकृती प्रदान गरिसकेको थियो। सभापति दाहालको संयोजकत्वमा बसेको बैठकले ५ सय ८९ जना भूमिहीन पूर्णलाभग्राही र ३ सय ८४ जना प्रवलीकरण लाभग्राही गरी ९ सय ७३ जना भूमिहीन लाभग्राहीलाई साविककै स्थानमा घर निर्माणको स्वीकृती प्रदान गरेको छ।

उनीहरूलाई सार्वजनिक मुचुल्काको आधारमा स्थानीय तहको सिफारिस तथा दिगो समाधान परियोजनाबाट संकलन गरी पेश भएका कागजातका आधारमा सोही स्थानमा घर पुनर्निर्माण गर्न स्वीकृती दिने निर्णय गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*