आफ्नै पसलबाट २ तोला सुन चोरी गर्ने पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर २ राप्तिरोडमा रहेको जयलक्ष्मी सुनचाँदी पसल चोरी गर्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही सुन पसलका साहु सन्त बहादुर सुनारका छोरा वर्ष २७ का ईश्वर सुनार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मगंलबार सुन चोरी भएको भनी जिल्ला प्रहरी कार्यलयमा आएको सुचनाको आधारमा उक्त सुन चोरी गर्ने मानिसको खोज तलासको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले बुधबार सुन सहित ईश्वर सुनारलाई पक्राउ गरेको हो ।
सुनारलाई थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
























