तीन वर्षमा मकवानपुरमा लागुपदार्थ ओसारपसार संलग्नतामा ६०६ जना पक्राउ
हेटौंडा । लागुपदार्थ उत्पादन र ओसारपसारमा ट्रान्जिट जिल्लाको रुपमा रहेको मकवानपुरमा लागुपदार्थ ओसारपसारमा २० देखी २५ वर्ष उमेर समुहका अभियुक्त बढि संलग्न रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांक अनुसार ३ आर्थिक वर्षमा मकवानपुरमा लागुपदार्थ सहित ६०६ जना पक्राउ परेकोमा सबैभन्दा धेरै २० देखी २५ वर्ष उमेर समुहका पाईएका हुन् ।
जसमा हालसम्म एकसय ३५ जना अभियुक्तहरु सो उमेर समुहका रहेका छन् । जसमा आर्थिक वर्ष २०७३र७४ मा ४६ जना , ०७४र७५ मा ७१ जना र चालु आर्थिक वर्ष ०७५र७६ मा १८ जना २० देखी २५ वर्ष उमेर समुहको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै ३० देखी ३५ वर्ष उमेर समुहका एकसय १६ जना पक्राउ परेका छन् । जसमा आर्थिक वर्ष ०७३र७४ मा २९ जना , आव ०७४र७५ मा ४४ जना र चालु आव ०७५र७६ मा ४३ जना अभियुक्त पक्राउ परेका छन् ।
यस तथ्यांकले लागुपदार्थ ओसारपसारमा युवा समुहको बढि संलग्नता रहेको देखाउछ । पछिल्लो समय लागुपदार्थ दुव्र्यसनिमा फस्ने युवाहरुको संङख्या बढिरहेको बेलामा लागुपदार्थ ओसारपसारमा पनि युवा समुहकै बढि संलग्नता पाईएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहको अनुसार २० देखी २५ वर्ष उमेर समुहको उमेर अत्यन्त जोखिमपुर्ण उमेर भएको र सो उमेर समुहको युवाहरु अभिभावक तथा समाजको नियन्त्रणमा नहुने हुदा उनीहरुको लागुपदार्थ ओसारपसारमा संलग्नता बढि पाईएको हो ।
त्यस्तै ३० देखी ३५ वर्षका उमेर समुहका मानिसहरु बेरोजगारीका कारण लागुपदार्थ ओसारपसारमा संलग्न रहेको प्रहरी उपरिक्षक सिंहको भनाई छ ।
























