मकवानपुरका जनप्रतिनिधी तथा कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने

हेटौंडा । अब मकवानपुरको सरकारी कार्यालयका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक तथा टुईटर चलाउन नपाउने भएका छन् ।

आईतबार बसेको जिल्ला समन्वय समिति मकवानपुरको ५० औं बोर्ड बैठकले सरकारी कार्यालयका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले बताए ।

कार्यालय समयमा मोवाईल चलाउँदा कार्यालय संचालनमा समस्या आउने देखेर यस्तो निर्णय गरिएको प्रमुख रघुनाथ खुलालले बताए । कार्यालय समयमा सामाजिक सञ्जाल नचलाउन तथा कार्यालयको व्यवस्थापनमा सबै मिलेर काम गर्न समेत उनले निर्देशन दिएका छन् ।

यस्तै बैठकले आउँदै गरेको बडा दशै, तिहार, छठलगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । निर्णय अनुसार आउँदो असोज १४ गते शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने जनाईएको छ ।

बैठकमा उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगयात जिसस सदस्य तथा कर्मचारीहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*