हेटौंडामा निःशुल्क डेङ्गु परीक्षण
मकवानपुर । हेटौंडामा आज (मंगलबार) देखि निःशुल्क ज्वरो र डेङ्गु परीक्षण शिविर सञ्चालन भइरहेको छ ।
टोल विकास संस्था नगर समन्वय समितिको अगुवाइमा हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा मंगलबार निःशुल्क ज्वरो उपचार कक्ष स्थापना गरि निःशुल्क रुपमा ज्वरोको र डेङ्गुको परीक्षण शिविर सञ्चालन भएको हो ।
डेङ्गुको संक्रमण मकवानपुरमा पनि फैलिएको कारण शिविर सञ्चालन गरिएको समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । हेटौंडा अस्पतालमा आजबाट शिविर सञ्चालन सुरु गरिएको उनले बताए । ज्वरोका सबै विरामीहरुलाई शिविरमा सहभागिता जनाइ डेङ्गु परीक्षण गर्न अध्यक्ष अधिकारीले आग्रह गरेका छन् ।
























