हेटौंडाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नजिकिदैँ गरेको चाडपर्वलाई ध्यानमा राखी बुधबारदेखि यात्रु सहायता कक्ष स्थापना गरि सुचारु गरेको छ ।

हेटौंडा उपमहानगरपालिका– १० बसपार्कस्थित यात्रु सहायता कक्ष सुचारु भएको हो । यात्रुहरुको चाप बडे सङ्गै यात्रुहरु ठगिमा नपरुन भन्ने उद्धेश्यले यात्रुहरुको सुरक्षा, सुविधा र सहजिकरणका लागि आजदेखि सहायता कक्षा स्थापना गरेको मकवानपुरका ट्राफिक प्रहरी प्रमुख हरि विष्णु ढकालले बताए ।

यात्रुहरुलाई कुनै गुनासो या कुनै अमानविय व्यवहार भएमा प्रहरीको कन्ट्रोल न .१ सय या ९८५५०९०१२६,९८५५०९०१५० र ९८५५०९१००० नम्बरमा फोन गर्न सकिने ट्राफीक प्रहरी प्रमुख ढकालले अनुरोध गरेका छन् ‌ ।

ट्राफिक प्रमुख ढकालको सभाअध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञ प्रसाद भट्टराइको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा न.१० का वडाध्यक्ष किताबसिंह घलानको आतिथ्यता रहेको थियो भने भने ट्राफिक सइ राम आर्यले कार्यक्रम सन्चालन गरेका थिए ।

कार्यक्रममा सामुदयिक प्रहरी सेवा केन्द्र हेटौडा ११ का अध्यक्ष शालिकराम पुडासैनी, सामुदयिक प्रहरी सेवा उपकेन्द्र हेटौडा १० का अध्यक्ष प्रदीप कँडेल, नारायणी यातायातका इन्चार्ज रमेश कँडेल, समाजसेवी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*