लागू औषध नाईट्रोभेटसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले लागू औषध नाईट्रोभेटसहित दुई जना मानिसहरुलाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ पिपल चौतरी स्थित सडकखण्डबाट प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको चेकिङ टोलिले मंगलबार भारतको बिहार मोतिहारी जिल्ला भेलाही बस्ने वर्ष १८ को जाबेद आलम र जिल्ला रौतहट चन्द्रपुर नगरपालिका ६ बस्ने वर्ष २१ को आस नारायण यादव लागू औषध नाईट्रोभेट १६५ ट्याब्लेट सहित पक्राउ गरेको हो ।

मंगलबार राति हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ स्थित सडक खण्डमा ना ३३ प ३६१० नंबर को मोटर साईकल लाई रोकि चेकजाँच गर्दा उक्त मोटर साईकलको सिटमुनि लुकाई छिपाई ल्याएको लागु औषध लाईट्रोभेट १६५ ट्याब्लेट फेला परेको थियो । पक्राउ परेका आलम र यादवको आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*