आइतबार देखि हेटौंडामा बजाजको महाएक्स्चेञ्ज अफर
असोज ११ हेटौडा । मकवानुरका लागि बजाजको शोरुम होराइजन अटो प्रा.लीले महाएक्सेम्ज अफर ल्याएको छ ।
बिग्रिएको र कामै नलाग्ने पुरानो मोटरसाइकल छोडेर नयाँ दिने योजना सहित एक्स्चेञ्ज अफर बजाज शोरुमले ल्याएको हो ।
नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गरेर बजाज कम्पनीले महाएक्सेन्ज अफर ल्याएको सोरुमका संचालक लालकाजी रत्न बज्राचार्यले बताएका छन । अफर असोज १२ गते देखि १६ गते सम्म चल्नेछ ।
कागजात भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउदै अर्का संचालक राजु रत्न बज्राचार्यले बजाजको सजिलै पार्ट्सहरु पाइने ,वारेण्टी र सहज फ़ाइनन्सको व्यवस्था समेत रहेको बताएका छन् ।
मोटरसाइकलको कागजात भएको नविकरण नभएको र जस्तोसुकै अवस्थाको भए पनि पुरानो मोटरसाइकलको नगद रु.३० हजार मुल्याङ्कन गरिने समेत बज्रचार्यले जानकारी दिए ।
नचल्ने अवस्थाको भएमा ३० हजार मुल्याङ्कन गरेता पनि कण्डिसन हेरेर थप रकम समेत दिइने बताउदै पुरानो मोटर साइकलको मुल्याङ्कन गरे पछि मोटर साइकलको रकम र ४० प्रतिशत पेमेन्ट गरेर बाकि थप रकमका लागि किस्ता स्वरुप तिर्ने गरि मोटरसाइकल दिने व्यवस्था रहेको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
























