मकवानपुर गढी मा बस दुर्घटना हुँदा ६ जना घाईते
हेटौंडा । मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नंबर २ बाँसपानीमा बा १ ख ६९८६ नंबरको बस दुर्घटना हुँदा ६ जना घाईते भएका छन् ।
मकवानपुरगढी गाउँपालिका वडा नंबर ७ सुकौराबाट हेटौंडा बजार आउँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका ६ जनाको चुरेहिल हस्पिटलमा उपचार भईरहेको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ओट लगाएर राखेको बस पछि हटेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
























