हेटौंडा – १ भैरवडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १ को भैरवडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान दुई बजेतिर भैरवडाँडाबाट हेटौंडा बजार तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा १ भैरवडाडाबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ६ त ४५३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा ९ का १९ शौरव दर्लामीको ज्यान गएको छ । टयाक्टर तिव्र गतिका कारण अनियन्त्रीत भएर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
























