प्रदेश सरकारको लगानिमा मनहरीमा कागज फ्याक्ट्री निर्माण गरिने

मकवानपुर जिल्लाको मनहरी गाउंपालिकामा प्रदेश नम्बर ३ सरकारको २ अर्बको लगानिमा कागज फ्याक्ट्री स्थापना गर्ने भएको छ । प्रदेश–३ सरकारले निजी क्षेत्र संगको साझेदारीमा कागज फ्याक्ट्री स्थापना गर्ने तयारी गरेको हो ।

यसका लागि डीपीआर गरेर काम अगाडी बनाइएको छ । करिव दुई अर्व रुपैयाँको लगानीमा मनहरीमा कागज फ्याक्ट्री स्थापनाको लागि तयारी गरिएको प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो ।

बहुवर्षिय योजनामा राखेर काम गर्ने तयारी गरिएको हो । चालु आर्थिक वर्षमा कागज फ्याक्ट्रीको डीपीआरका लागि ५० लाख उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छुट्याएको छ । कागज फ्याक्ट्री कसरी खोल्ने भन्ने छलफल पनि तिब्र रुपमा अगाढी वढाइएको छ ।

निजी क्षेत्र संगको साझेदारीमा कागज फ्याक्ट्री खोल्ने तयारी गरिएको वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्र संगको साझेदारीमा उद्योग खोल्ने मोडालिटी वनाउँदै छौ । त्यसमा सरकारको पनि शेयर रहने र निजी क्षेत्रको पनि शेयर राखेर कम्पनि तयार गरेर काम गर्न लागिएको हो ।’

प्रदेश सरकारले निर्माण गर्न लागेको कागज फ्याक्ट्रीका लागि जग्गा अभाव नहुने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले वताउनुभयो । मनहरीमा सरकारी जमिन ८ हजार रोपनी नाप जाँच गरिएको छ । अरु सरकारी जमिन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उहाँले वताउनुभयो ।

कहाँ कागज फ्याक्ट्री बनाउने भन्ने टुङ्गो नभइहाले पनि सरकारी जमिनको भने अभाव हुन नदिने वताउँदै उहाँले भन्नुभयो–‘हामी यस्तै खालका सरकारी संरचना मनहरीमा निर्माण गर्ने भनेर मनहरी गाउँपालिका क्षेत्रमा अतिक्रमण भएका जग्गा जमिनको खोजी गरेर भएका अतिक्रमण हटाउँदै छौ । अतिक्रमण हटाउनका लागि उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति वनाएर काम सुरु गर्न लागेका छौ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*