१२ औं वार्षिकोत्सवको हेटौंडामा सनराइज बैंकले गर्यो प्रभातफेरी
हेटौंडा – सनराइज बैंकले आफ्नो स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा प्रदेश ३ को राजधानी हेटौंडामा प्रभातफेरी कार्यक्रम गरि उत्सव मनाइएको हो ।
सनराइज बैंकको हेटौंडा शाखा कार्यालयबाट प्रभातफेरी कार्यक्रम सुरु भई परिजात पथ, शितलमहलचोक हुदैं मेनरोड निस्केर सिमाचोकमा पुगी स्कुलरोड, ख्वप्पगल्लीबाट बुद्धचोक हुदैं मकवानपुर उद्योग वाणिज्य संघ पुगेर संगमचोकबाट पुःन बैंकको शाखा कार्यालयमा पुगी प्रभातफेरी कार्यक्रम सकिएको थियो ।
बैंकिङ साक्षरता सम्बन्धी जानकारी प्रदान गरिने प्लेकार्ड तथा व्यानरको साथमा प्रभातफेरी कार्यक्रम गरिएको थियो । प्लेकार्ड सहित साउण्ड सिस्टममा समेत बैंकको जिङ्गल प्रशारण गर्दै ¥याली गरिएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको शाखा प्रवन्धक सुदर्शन खतिवडाले बताए ।
आफु स्वस्थ रहौं र वातावरण स्वच्छ राखौं भन्ने नाराका साथ वार्षिकत्सवमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको प्रवन्धक खतिवडाले बताए । कार्यक्रममा बैंकका कर्मचारीहरु, बैंकका शुभचिन्तक तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
























