मकवानपुरकमा भुकम्प पछिको पुनर्निमाणको गतिप्रति सरोकारवाला असन्तुष्ट

२०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्प पछि जारी निजि आवास पुनर्निमाणको गति प्रति सरोकारवाला निकायले असन्तुष्टी जनाएका छन् ।

राष्ट्रिय पुन निर्माण प्रािधिकरणको आयोजनामा निजी आवास पुन कार्यक्रम सम्वन्धी हेटौंडामा आयोजित कार्यशाला गोष्ठीमा सहभागिहरुले पुन निर्माणको काम दु्रत गतिमा अगाडी वढ्न नसकेको वताएका हुन् । कार्यक्रममा बोल्दै पुननिर्माण प्राधिकरणका उपनिर्देशक नारायण प्रसाद श्रेष्ठले जिल्लामा निजी घर निर्माण गर्ने, पहिलो, दोस्रो र तेस्रो किस्ता लिने काम छिटो नभएको बताउनुभयो ।

उहाका अनुसार अझैपनि पुन निर्माणमा संझौता गर्न बाँकी, पुन सर्वेक्षण, लाभग्राहीमा परेकाहरुले संझौता नगर्ने, संझौता गरेकाहरुले पहिलो किस्ता लिएर पनि घर निर्माण नगरेका खालका समस्याहरु धेरै परेको उहाँले वताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी शेमराज जोशी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भगवान अर्याल लगायतकाले आफ्ना सुझावहरु राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*