बेईजिङ घोषणापत्र र कार्यनीति बारे हेटौंडामा समिक्षा सम्पन्न
हेटौंडा – राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष बिष्णु ओझाले सबैका अधिकार पुरा गराउन आफुहरु लागिपरेको वताउनुभएको छ । हिजो बाट हेटौंडामा सुरु भएको दुई दिने समिक्षा कार्यक्रममा बोल्दै राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष ओझाले यस्तो बताउनुभएको हो ।
बेईजिङ घोषणा पत्र र कार्यनीति (बेईजिङं२५) का बिषयमा हेटौंडामा सम्पन्न दुई दिने समिक्षा कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथी ओझाले सबैका अधिकारका लागि पहिलेदेखिनै आफु लडिरहेको वताउनुभयो । बेजिङ सम्मेलन पछी मुलुकमा धेरै खालका परिवर्तन भएको उहाँले स्मरण गराउनुभयो । लैङ्गीक रुपमा मात्र मिलेर नहुने वताउँदै उहाँले सोच र बिचारमा पनि मिल्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा बियोन्ड वेजिङ कमिटीका संस्थापक अध्यक्ष तथा मानार्थ अध्यक्ष अन्जना शाक्यले बेईजिङ सम्मेलनपछी मुलुकमा धेरै खालका परिवर्तन भएको वताउनुभयो । वियोण्ड बेईजिङ कमिटि (बिविसी)को आयोजना, युएन ओमनको सहयोग तथा नारी सिप सृजना केन्द्र नेपालको संयोजनमा प्रदेश स्तरीय कार्यशाला हेटौंडामा भएको हो ।
कार्यक्रममा बिबिसीका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठ, गैरसरकारी संस्था महासंघका प्रदेश ३ का अध्यक्ष बुद्धशरण लामा, नारी सिप सृजना केन्द्र मकवानपुरका अध्यक्ष सरस्वती वतौला, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं लगायतकाको आतिथ्यता रहेको थियो ।
सन २०३० सम्ममा हरेक तह र क्षेत्रमा ५० र ५० प्रतिशत महिला सहभागिता पुर्याउने बेईजिङ घोषणा पत्रका विषयमा प्रदेश स्तरीय प्रमाणिकरण तथा महिलावादी आधारपत्रका बारेमा परामर्श गोष्टिको आयोजना गरिएको हो । गोष्टिमा मुख्यता बेईजिङ घोषणाको अवस्ता तथा हाल सम्म प्राप्त उपलब्धीका बारेमा छलफल भएको थियो । महिला अधिकारका विषयमा नागरिक समाजको तर्फबाट प्रदेश स्तरीय पुनरावलोकन, प्रमाणिकरण तथा महिलावादी आधारपत्र र परामर्शको लागि कार्यक्रमको आयोजना गरिएको हो ।
विषेश गरि बेईजिङ कार्यनीति तथा बेईजिङं२५ पुनरावलोकन प्रक्रिया सम्बन्धमा अभिमुखिकरण गराउने, महिलाहरुको जीवनमा बेईजिङ कार्यनीतिको प्रभाव मापन तथा महिलावादी अन्तरपुस्ता अभियानका नेतृसंग महिलावादी आधारपत्रमा छलफल गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पहिलो दिन मंगलबार बेईजिङ कार्यनीति तथा यसको व्यवहारीक प्रभाव, पुर्व परामर्शको उपलब्धीहरु, चुनौतिहरु त्था विध्नबाधाहरु अवलोकन तथा पृष्ठपोषण, बेईजिङ घोषणापत्रका ६ वटा विषय वस्तुलगायतका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा बेईजिङ घोषणापत्र तथा कार्यनीति, यसको महत्व, उपलब्धी, यिबोण्ड बेईजिङ कमिटिका तर्फबाट महिला अधिकारका विषयमा भएका प्रयासहरु, बेईजिङ कार्यनीतिका सरोकारका १२ बुंदाहरु तथा महिला अधिकार सुनिश्चित गर्न भएका महत्वपुर्ण कामहरुलगायत विषयमा बियोण्ड बेईजिङको तर्फबाट अञ्जना शाक्यले प्रस्तुति गर्नुभएको थियो । बुधबार सम्म संचालन हुने कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाको सहभागिता रहेको छ ।
























