धारिलो हतियार प्रयोग गरी बकैयामा एक जनाको हत्या, दुई घाईते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ३ जलजलेमा धारिलो हतियारको प्रयोग गरि गएराती एक जनाको हत्या गरिएको छ । अरु दुईजनालाई पनि धारिलो हतियार प्रयोग गरेर घाईते बनाइएको छ ।

गएराति बकैया गाउँपालिका ३ जलजले स्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लो लाई सोही ठाउँमा बस्ने ५० वर्षीय सुक बहादुर पाख्रिननले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । धारिलो हतियार प्रहार गरेर घाईते भएकी सन्तमायाँको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको हो । पाख्रिनले धारिलो हतियार प्रहार गरी २ जना घाइते बनाएका छन् ।

घाइते हुनेमा मुतकको श्रीमान ५५ वर्षीय काल बहादुर लो र स्थानीय २६ वर्षीया दिबिमाया मोक्तान रहेका छन् । उनिहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुबैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामो समयदेखि आपसी झै झगडाका कारण हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्विक अनुसंधानबाट खुलेको छ ।

हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले गएरातीनै हतियार सहित पक्राउ गरिसकेको र उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र उनिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*