मोटरसाईकलले ठक्कर दिदाँ मकवानपुरमा एकको ज्यान गयो

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका वडा नंबर ४ गोठखोलामा मोटरसाईकले ठक्कर दिदाँ एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा बकैया कै वडा नंबर ७ अधेरी बस्ने वर्ष ५५ का कृष्ण बहादुर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार बिहान धरान-चतरा-हेटौंडा सडक खण्डको हात्तिसुँडेबाट छतिवन आउँदै गरेको प्रदेश ३-०३-००१ प ६२० नंबरको मोटरसाईकले ठक्कर दिदाँ लो को ज्यान गएको बताईएको छ । घाइते भएका लो को उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

अटोमा हात्तिसुँडे जादै गर्दा गोठखोलाको हनुमान मोडमा अटो रोकाएर पिसाप फेर्न बाटो काट्दा मोटरसाईकले लो लाई ठक्कर दिएको स्थानियहरुको भनाई छ ।

मोटरसाइकल चालक बकैयाकै वडा नंबर ३ हात्तिसुडे बस्ने वर्ष २४ का सबिन दर्नाल रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक दर्नाल पनि घाईत भएकोले हेटौंडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*