सुनकोशी नदीमा खस्दा १० जनाको ज्यान गयो ,३९ जना घाइते

–  दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको हो ।

१० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो करिब १ बजे भएको दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब नायव उपरीक्षक ९डीएसपी० माधव काफ्लेले जानकारी दिए ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शवहरु खोलाले बगाएको अनुमान छ ।

दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ ।
घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*