हेटौंडामा करेन्ट लागेर एकजनाको मृत्यु
हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरी बस्ने ३० वर्षीय रामबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमीत्त प्रहरी प्रमुख एज्ञ प्रसाद भटराईले जानकारी दिए ।
हेटौंडा–११ थानाभर्याङस्थित रहेको सीता होटलमा काम गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका उनको उपचारका लागि चुरेहिल हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
























