हेटौँडामा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईको स्वागत
हेटौँडा,२० कार्तिक । प्रमुखमा नियुक्त भएका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई आज प्रदेश प्रमुखको कार्यालय हेटौँडामा स्वागत गरिएको छ ।
आज दिउँस २ बजे कार्यलय आईपुगेका प्रमुख प्रसाईलाई प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, सामजिक विकास मन्त्री युवराज दुलाल सहितक प्रदेश तीनका सांसद, सहिद जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरुको टोलीले स्वागत गरेको हो ।
तर पदभार ग्रहण कार्यक्रममा प्रदेश नंबर तीनका मुख्यमन्त्री डोरमणी पौडेल भने अनुपस्थित बने । पौडेलले प्रदेश प्रमुखलाईलाई स्वागत गर्ने पुर्व निर्धारित कार्यक्रम छाडेर काठमाण्डौँमा गएको श्रोतको भनाई छ ।
























