मोटरसाईकल दुर्घटना हुदाँ हेटौंडामा एकको मृत्यु,एक घाईते
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ न्युरेनिमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।
मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ का २५ वर्षीय राजेश तिमल्सिना रहेका छन् । घाईते हुनेमा मोटरसाइकलमै सवार २५ वर्षीय गुडराज तिमल्सिना रहेका छन् । घाइते भएका तिमल्सिनाको थप उपचारको लागि भरतपुर रिफर गरेको प्रहरीले जनाएको छ ।
गएराति मकवानपुरगढी बाट ना।५९ प ६९२५ नंबरको मोटरसाईकल हेटैंडातर्फ आउँदै गर्दा अनियंत्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
























