जनकल्याण टोल विकास संस्थाको चौथो साधारणसभा सम्पन्न
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नं. ९ स्थित रहेको जनकल्याण टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष पवित्रा पाठकको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नं। ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभामा प्रमुख अतिथिसमेत रहेका हेटौँडा–९ का वडा अध्यक्ष भण्डारीले टोल विकास संस्थाद्वारा संचालन गरिने विभिन्न किसिमका तालिमहरु संचालनको समयावधिमा मात्र प्रयोगमा आउने गरेको बताए ।
उनले त्यस तालिमले उत्पादन गरेको जनशक्तिले व्यवसायिक रुपमा आफ्नो सीप र क्षमताको उपयोग नगर्दा सिकाइएका तालिमहरुले सार्थकता पाउन सकेको छैन भन्दै आगामी दिनमा तालिम तथा गोष्ठीहरु संचालन गर्दा व्यवसायी रुपमा अगाडी बढोस भन्ने आसयका साथ आगामी दिनमा अगाडी बढ्न सुझाव दिए ।
कार्यक्रममा वडा नं. ९ का वडा सदस्य लक्ष्मी नेपाली र सुकराम केसी, टोल विकास संस्था नगरसमन्वय समितिकी उपाध्यक्ष शतिदेवी न्यौपाने, टोल विकास संस्था नगर समन्वय समितिका भूगोल सदस्य रामचन्द्र दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडा, नारायणी बहुउद्देश्य सहकाी संस्थाका अध्यक्ष रामहरी न्यौपानेलगायत छिमेकी टोल विकास संस्थामा प्रमुख तथा टोल विकास संस्थाका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा संस्थाकी अध्यक्ष पवित्रा पाठकले प्रतिग तिप्रतिवेद पेश गरेकी थिइन् भने संस्थाका कोषाध्यक्ष कल्पना सत्यालले आर्थिक प्रतिवेश पेश गरेकी थिइन् ।
सो कार्यक्रममा टोल विकास संस्थाका जेष्ठ सदस्यहरु भूमिनन्द केट्टेल, थमकुमारी खतिवडालगाय ३ जनालाई खातासहित सम्मान गरिएको थियो ।
























