साईरामले बचत २६ करोड पुर्याउने
हेटौंडा २३,साईराम बचत तथा ऋण सहकारी संस्थाले आगामी वर्ष बचत २६ करोड ५४ लाख २३ हजार पुर्याउने लक्ष्य लिएको छ । शनिबार सहकारीको ११ औं वार्षिक साधारणसभामा सहकारीले आगामी वर्ष शेयर पुजी २ करोड ६७ लाख ९६ हजार र कर्जा लगानी २४ करोड ९१ लाख ११ हजार पुर्याउने जनाएको हो ।
सहकारी अध्यक्ष्ँ राजेन्द्रप्रसाद पौडेलेको सभाध्यक्षता, हेटौंडा मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता र जिल्ला सहकारी संघ अध्यक्ष बद्री लम्सालको विशेष आतिथ्यतामा भएको कार्यक्रममा नियमित बचततर्फ कमलप्रसाद अधिकारी र कृष्णप्रसाद सापकोटा, कर्जातर्फ शोभा आचार्य र सुनिता दर्नाल, उत्कृष्ट बचततर्फ सीता आचार्य र कृष्णप्रसाद बासुकला, ज्येष्ठ सदस्य विद्यापति पराजुली, दिलनाथ नेपाल र विष्णुदेवी पोखरेललाई सम्मान गरिएको थियो ।
शेयर सदस्यका छोराछोरी रिभा न्यौपाने, रेणुका कार्की, कुशल सापकोटा र युबिका अधिकारीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
























