हेटौंडा ११ मा ट्यांकरले बस र सुमोलाई ठक्कर दिदा ११ जना घाईते

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नंबर ११ रातोमाटेमा ट्यांकरले बस र सुमोलाई ठक्कर दिदाँ ११ जना घाइते भएका छन् ।

अमलेखगञ्जबाट इन्धन बोकेर हेटौंडातर्फ आईरहेको लु १ ख ६५८२ नंबरको टयांकरले ना ४ ख ४३५१ को बस र ना १ ज ६२४४ नंबरको सुमोलाई ठक्कर दिएर अनियन्त्रित भई खोल्सामा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटना मा घाईते हुनेहरुमा ट्यांकर चालक ट्यांकर चालक सल्यानको शारदा नगरपालिका वडा नंबर २ का २७ बर्षीय खगेन्द्र डांगी, ट्यांकरमा सवार बाराको जितपुर सिमारा उपमहारपालिका वडा नंबर १ का भावना थापा, हेरुनदेवी मगर, शिला स्यांतान, पवित्रा बम्जन, रुदेल थापा, ज्योति घिसिङ, सुशिला स्यांतान, विमला स्यांबो, थिकेश भोम्जन, पियासु भोम्जन रहेका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*