हेटौडा १५ को ठुलो सुकौली टोल विकास संस्थाको साधारण सभा सम्पन्न

हेटौडा । हेटौडा उपमहानगर पालिकाको १५ नम्बर रहेको ठुलो सुकौली टोल विकास संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । ठुलो सुकौली टोल विकास संस्थाका अध्यक्ष इश्वार पाख्रिनको सभाध्यता तथा १५ नम्बर वडाका अध्यक्ष महारन्त लामाको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अथिति लामाले वडाको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । सम्पूर्ण वडावासीको सक्रिय सहभागितामा मात्रै वडा समुन्नत हुने उहाँको भनाई थियो । वडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अनुसार अगाडि बढिरहँदा टोल विकासको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो । नमूना टोलका रुपमा स्थापित हुदैं वडालाई समृद्ध वडा बनाउन सहयोग गर्नको लागि समेत आग्रह गर्नु भयो ।

१५ नम्बर वडा सदस्य कुमारी श्रेष्ठले महिलाहरु समाजमा अग्रसर हुनु नै समाजको विकास हुनु बताउनु भयो । उहाँले कृषिमा अघि बढ्नु आजको आवश्यकता भएको भन्दै आत्मनिर्भर हुन महिला दिदिबहिनीलाई आग्रह समेत गर्नु भयो ।

टोल विकास संस्था नगर समन्वय समितिका सदस्य हर्करत्न लामाले टोल विकासले टाडिएको मनहरुलाई एक ठाउँमा ल्याउन,गरिबी न्युनिकरण गर्न, र अपराधिक क्रियाकलाप हुनबाट जोगन महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । यस टोल विकासले गरेका कार्यको मुल्याङकन गरिरहेको बताउदै नगरै नमुना टोल विकासहरु मध्ये यस टोल विकास पनि रहेको बताउनु भयो ।

रिद्धिसिद्धिमा कार्यारत तथा समाजसेवि केशब मैनालीले टोल विकास सकृय भएमा समाज परिवर्तन हुने बताउनु भयो । युवा बर्गहरु कुलतमा लागेको बताउदै यस्ता क्रियाकलापबाट टाढा राख्नको लागि टोल विकास अग्रसर हुन आग्रह गर्नु भयो । उहाँले भन्ने भयो,“यस क्षेत्रको विकासको लागि सदैव सहयोग गर्न प्रतिबद्ध छु ।”

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्यसमिति सदस्य तथा हजुरका खबर डटकमका संचालक रुपक कालिराजले अहिलेको अवस्थामा गाउँ, नगर, वडामा टोल विकास संस्था गठन हुनु भनेको विकास निर्माणमा महत्वपुर्ण भुमिका खेल्नुु हो उहाँ भन्नु भयो,“ यस टोल विकासले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको छ । राम्रा काम गर्ने जुनसुकै संस्था भएता नेपाल पत्रकार महासंघ मकवानपुरको नगर त्यस तर्फ पर्ने भन्दै महासंघले सदैव साथ दिनेछ , सफलताको शुभकामना ।”

सस्थामा हाल १ सय २५ जना सदस्य रहेका छन् भने १ लाख ८९ हजार को कारोबर भएको र मासिक १ सय रुपैयाँ वचत संकलन गरिरहेको संस्थाका कोषध्यक्ष मिन बहादुर दोङले बताउनु भयो ।

कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष पाख्रिनले नमूना टोलका रुपमा स्थापित गर्न टोल विकास संस्थाभित्र रहेका टोलबासीहरुको सक्रियता आवशयक पर्ने बताउनु भयो । संस्थाले टोल विकास संस्थाभित्र विकासका कार्यक्रमहरु पहिचान गरि वडा तथा नगरपालिकामा जानकारी गराउने, नियमित सरसफाई, बिजुलीका पोलमा वत्तीको व्यवस्था,टोल विकास संस्थाको क्षेत्र भित्रका ढलहरु मर्मत संभार,बाटो ग्राबलिङ, विपन्न वर्गलाई आर्थिक सहयोग ,समाजमा देखिएका विकृति विसंगतीहरु हटाउन जनचेतना जगाउने लगायत महत्वपूर्ण कार्य गर्दै आएको बताउनु भयो ।

टोललाई सधैं हराभरा र वातावरणमैत्री बनाउन जनचेतनामूलक कार्यक्रम गर्दै आएको संस्थाका सचिव बविता मोक्तानले बताउनु भयो । उहाँले भन्नु भयो,“टोलका जेहेन्दार विद्यार्थीलाई सम्मान, ज्येष्ठ नागरिकलाई सम्मान समेत गरेका छौँ ।” सो कार्यक्रममा संस्थालाई विशेष सहयोग पु¥याउनु हुने व्यक्ति एवम् संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*