जाल्पादेवी र जनक माविमा सचेतना कार्यक्रम

२६ कार्तिक हेटौडा ।  ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजना जिल्ला प्रहरी कार्यालयको समन्वयमा मकवानपुरगढि गाउपालिका वडा नम्बर ६ मा रहेको जाल्पादेवी र जनक माविमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम भएको छ ।

कार्यक्रममा ३ न. प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहालले महिला हिंसा , लागु औषध दुव्र्यसन, साइवर क्राइम, मानव तस्कर,सडक सुरक्षा लगायतका विषयमा जाल्पादेवी र जनक माविका कक्षा ९ र १० का करिव १२० जना विद्यार्थीहरुलाई अवगत गराएका थिए । विद्यार्थीलाई समाजमा हुने जुनसुकै अपराधको बारेमा समुदाय र प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरिएको थियो ।

मकवानपुरगढी गांउपालिका वडा–६ का अध्यक्ष टिका प्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा जाल्पादेवी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर व. स्याङतान,जनक माविका प्रअ विरेन्द्र कुमार यादव ,इश्वरी माविका प्रअ सुनिल गौतम,बालज्योति प्राविका प्रअ ओमनाथ घिमिरे, जिल्ला प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक,समाजसेवी,अभिभावक लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*