मकवानपुरमा बलात्कारिको लिंग काटनुपर्ने भन्दै प्रहरी कार्यालय घेराउ
हेटौँडा,२८ कार्तिक । मकवानपुरमा पुन एक पटक बलात्कारीको लिंग काटनुपर्ने माग सधै जिल्ला प्रहरी कार्यालय घेराउ भएको छ ।
बालिका बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका हेटौँडा १५ का २८ वर्षका जयराम रुम्बालाई हदैसम्मको कारबाही हुनुपर्ने, उनको लिंग काटनुपर्ने सम्मको माग राख्दै पीडित वालिकाका आफन्त तथा स्थानीयले जिल्ला प्रहरी कार्यालय गेट अगाडी प्रर्दशन गरेका हुन् ।
उनीहरुले बालिका बलात्कारीले फाँसी पाउनुपर्ने समेत माग गरेका छन् । गत कार्तिक १८ गते पक्राउ परेका रुम्बालाई १० दिन म्याद थपेर प्रहरीले अनुसन्धान गरिरकेको छ ।
घरमा कोहि नभएको मौका छोपेर रुम्बाले ती बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मकवानपुर प्रहरीको भनाई रहेको छ । बालिका बेहोस अबस्थामा फेला परेपछि उपचारको क्रममा उनी बलात्कार भएको खुलासा भएको थियो ।
























